गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगे

| 2023 Dec 06 | 09:28 am 605

काठमाडौं, मंसिर २०/ मंगलबार राति छातिमा असहज भई गंगालाल हृदय राेग केन्द्र बाँसबारी भर्णा भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पलाल दाहाल अस्पताल पुगेका छन।मंगलबार साँझ बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी भएका श्रेष्ठको छातिमा असहज भए पछि अस्पतालमा लगिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका बेला पनि उनको मुटुमा समस्या आएको थियोे ।प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठको विषयमा चिकित्सक सँग छलफल गरेका थिए।उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको स्वास्थ्य स्थिर रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.