काठमाण्डौ ०६ चैत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दैनेपाली कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने ओलीले बताए । ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए ।
ओलीले हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका चाहन्छौ । सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ओलीले भने ।
अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताए ।