काठमाडौं, १५ असार : शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ ।यसै दिनको अवसरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए ।

‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं कार्यक्रममा गृहमन्त्री बादल फरुवा ९चाँदे० बोकेर खेतमा पुगेका थिए ।
वाइसीएल र युवा संघ नेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे र रोपारको कामसमेत गरेका थिए ।
