गृहमन्त्रीले राजीनामा नदिए संसद चल्दैन – नेकपा एमाले

| 2023 Jul 26 | 03:31 pm 2041

काठमाडौँ, साउन १० । गृहमन्त्रीको स‌ंलग्नता बिना त्यति ठूलाे परिमाणमा सुन तस्करी हुन नसक्ने भन्दै नेकपा (एमाले)ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएको छ।

आज नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

 गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। यसमा छानविन हुनुपर्छ, त्यो नहुँदासम्म संसद सुचारु हुन सक्दैन,’ दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भने।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.