गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार

रिपोर्ट नेपाल | 2025 Jun 03 | 02:15 pm 525

काठमाडौँ २० जेठ / सभामुख देवराज घिमिरेसँगको प्रमुख चार दलका मुख्य सचेतक र प्रमुख सचेतकको छलफलमा सभामुखको आग्रह अनुसार विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएका छन् ।

प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने सहमतिमा पुगेका छन्। स्रोतका अनुसार, गृहमन्त्रीको जवाफ सन्तोषजनक भएमा त्यसपछि दलीय आधारमा धारणा राख्दै सदन सञ्चालन गर्न दिने सहमति प्रमुख सचेतकहरूबीच बनेको हो।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.