गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने काम भयो : नेता केसी

| 2024 Jun 18 | 03:45 pm 573

काठमाडौँ ०४ असार /   गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने सुरक्षा कमान्डमा ‘चेन अफ कमान्ड’ तोड्ने काम भएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लगाएका छन् । सीडीओ र प्रहरीमा सरुवा आतंक मच्चाइएको कांग्रेस नेता केसीको आरोप छ ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमाथि मंगलवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद केसीले नियमावलीविपरीत प्रहरीमा सरुवा आतंक भइरहेको बताएका हुन् ।

नेता केसीले ‘सरकारले सय दिनको अवधिमा १७ पटक प्रहरीको सरुवा भएको बताए । ३४ सय प्रहरी र ६६ जना सीडीओ परिवर्तन भए,’ केसीले भने, ‘प्रहरी नियमावलीमा एक वर्षसम्म विशेष परिस्थिति र कामका खोट देखिएमात्र सरुवा गर्ने प्रावधान छ । प्रहरीभित्र चेन अफ कमान्ड र प्रशासनलाई लाचार छाया बनाउने काम गरिएको बताए ।’

सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरूको जथाभाबी सरुवा किन गर्नुपर्‍यो भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।

सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.