गृहमन्त्रीको सभामुखलाई पत्र

| 2024 May 07 | 03:22 pm 661

काठमाडौँ २५ फागुन / उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा माननीय सदस्यहरूले विभिन्न प्रश्न उठाउनु भएकोले आफूले बोल्न पाउनुपर्ने भन्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

लामिछानेले मंगलबार निजी सचिवालयमार्फत पत्र लेख्दै आफूमाथि लागेका आरोपमाथि जवाफ दिन चाहेकाे बताएका हुन् । आफूमाथि उठेका प्रश्नका जवाफ दिनका लागि संसदमा बोल्न अनुमति दिन गृहमन्त्रीले सोमबार सभामुख घिमिरेलाई पत्र लेखेका हुन् ।

‘यही २८ गतेबाट चालु हुने अधिवेशनको प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी र जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाइ जानकारी गराइएको पत्र यसैसाथ संलन्ग गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु,’ पत्रमा लामिछानेले लेखेका छन् ।

सांसदहरूले उठाएका विषयमा आम नागरिकलाई जानकारी गराउनु आफ्नो अधिकार भएकाले जवाफ दिने व्यवस्था मिलाइ दिन गृहमन्त्री लामिछानेले सभामुख घिमिरेलाई आग्रह गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.