- नविन रार्इ
काठमाडौं, जेठ १७ : वर्षैनी सडक निर्माणमा करोडौं बजेट खर्च हुँदै आएको छ । तर ती सडकमा गाडी गुडाउनलाई भन्दा देखाउनका लागि मात्र बनाएको जस्तो देखिन्छ । देशको विभिन्न ठाउँमा खनिएका सडक अलपत्र परेका छन् । वर्षातको समयमा हिलाम्मे र हिउँदमा सडक धुलाम्मे हुने गर्छन् ।
हिउँदको बेला धुलो पत्रैपत्रैले धपक्कै छोपेको हुन्छ । सडकमा एक छेउबाट अर्कोतिर र्हेदा अलि परसम्म पनि नदेखिने गरी बिहानदेखि बेलुकैसम्म धुलो उडिरहेको हुन्छ । बर्षातमा हिलाम्मे हुन्छ नेपालका सडकहरू । पानीका कारण सडक भत्किनुको साथै ठाउँठाउँमा पहिरो गएपछि यातायात सञ्चालनमा सहज हुन्छ कति ठाउँमा त सडक ठप्प नै भएको पाइन्छ । सडक अवरुद्ध भएपछि दुर्गम गाउँमा दैनिक उपभोग्य बस्तु आपूर्तिमा समस्या हुने गर्दछ ।
राष्ट्रिय गौरवका आयोजनासहित सञ्चालित आयोजनाहरूको काम सुस्त छ । आयोजनाहरूको समयावधिअनुसार काम भएको छैन । यतिबेलासम्म सकिसक्नु पर्ने अधिकांश आयोजनाका काम अहिले अधुरै छ । कतिपय आयोजनाको काम सम्पन्न हुने समयसीमा सकिएको र कतिपय आयोजनाको समयसीमा गुज्रनै लाग्दा पनि आयोजनाको काम सक्न तदारुकता देखाइएको छैन।
सांसद ठेकेदार बनेपछि सडक अलपत्र
ओखर पौवा कोल्पु कुमारी नमुना जोड्ने १७ किलोमिटर सडकको अलपत्र परेको छ । पूर्व एमाले सांसद जर्नाधन ढकालले जिम्मा लिएको सडकको स्तर वृद्धिको काम निमार्णसम्मपनका लागि तोकिएको समय सकिसक्दा पनि सडक भने अलपत्र रहेको छ ।
समय अवधि सकिन लाग्दा सडकको काम बल्ल २० प्रतिशत मात्रै भएको छ तर बजेट भने ४० प्रतिशत अर्थात् ७ करोड निकाशा भैसकेको छ । २०७० मा एमालेबाट बनेका सांसद ढकालले आउँदो असार मसान्तसम्म सडको काम सक्ने भनेर वि स २०७२ सालमा जिम्मा लिएका थिए । तर समया अवधि सकिन एक महिना मात्रै बाँकी रहँदा पनि सडकको काम अलपत्रै रहेको छ । निमार्ण कम्पनी आशिष लोहनी सुुर्यचन्द्र जेभीले १९ करोडमा जिम्मा लिएको थियो । म्याद थप गर्नका लागि अहिले दैनिक २÷३ जना मजदुर मात्रै निर्माण स्थलमा देखिन्छन् ।
मोदी नहिँड्ने बाटोमा कसको आँखा पुग्ने ?
गत वैशाख २८ र २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आएका थिए । उनको स्वागत भव्य रूपमै गरियो । मोदी आउने भएपछि धनुषाको जनकपुर, काठमाडौँमा उनी जाने ठाउँहरु र मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आश्चार्य जनक परिवर्तन भयो ।
स्थानीयले आन्दोलन गर्दा समेत नपुरिएका सडक खाडलमा रातारात कालोपत्रे गरियो । वर्षौँदेखि नउठेको फोहोर सफा गरेर एकै दिनमा चिरिच्याट पारे । मोदी चुच्चेपाटीको ह्यात होटेलमा बस्ने भएपछि चाबहिलदेखि ह्यात अघिसम्मको सडक राता राता कालोपत्रे गरिएको छ । तर त्यही ह्यात अघिदेखि जोरपाटी जानेबाटोमा भने खाल्डाखुल्डी उस्तै छ । पैदल हिँड्ने यात्रु र स्थानीयले उस्तै समयस्या झेल्नु परिरहेको छ ।
ह्यात होटेलसम्म कालोपत्रे गरे पनि ह्यातपछि सडक अलपत्र परेको छ । सडकको बिचैमा बिजुलीको तार छरपस्ट रहेको छ । निमार्ण सामाग्री ढुङ्गा, माटो पनि बिचैमा थुपारिएको छ । सडकको ठाँउठाँउमा ढलको पाइप फुटेको छ । पाइपबाट निस्केका ढल सडकमै जम्दा समेत सकार रमिते बनेर बसेका छन् ।
पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुलाम्मे हुन्छ । समयमा बाटो नबनेपछि स्थानीय र पैदल यात्रु मारमा परेका छन् । सडक खनेकाले घरमा एकसप्तासम्म पनि धारामा आएको स्थानीहरु बताउछन् । जनताले तिरेको करको पैसा यसरी रातारात सडकमा खन्याएर बनाइएको कालोपत्रे कति दिन टिक्छ त्यसको जवाफ कसले दिने ?
लापरबाही गर्ने ठेकेदारलाई गृहमन्त्रलयाले करबाही गर्ला ?
गत तीन गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तोकिएको समयावधिमा काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्ने बताएका थिए । गृहमन्त्रील निर्माणको ठेक्का लिएर लापरबाही ढङ्गले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको थियो ।
समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई पठाएको परिपत्रमा थियो । गृहमन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरूमाथि कारबाही गर्ने तयारी गरेको छ । नेपालमा बिभिन्न ठाँउमा कयै आयोजनाहरु समयावधिमा सकिएको छैन । समयावधिमा निमार्णका काम नगरेका ठकेदार र कम्पनीहरुको सुचि अाइसकेकाे छ । अब गृहमन्त्रलयाले कारबाही गर्ला की नगर्ला भन्ने प्रश्न खडा भएको छ ।