गृहमन्त्रि बादलको ठाउँमा कसले मार्ला बाजी

| 2021 Apr 23 | 07:29 am 169

काठमाडौँ  बैशाख १०: नेकपा माओवादीका तत्कालिन नेता तथा राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा ‘बादल’ लामो समय देखि सक्रिय रहेको पार्टी त्यागेर एमाले प्रवेश गरेपछि रिक्त रहन आएको राष्ट्रिय सभा सदस्यको एक पदका लागि जेठ ६ गते निर्वाचन हुने निर्बाचन आयोगले जनाएको छ ।

मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले उक्त्त निर्णय गरेको हो। वागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्बाचनको तयारी गरेको हो ।

‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग आग्रह गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरूलाई समय दिएको छ । रिक्त राष्ट्रिय सभा सदस्यको बाजी कसले मार्ने हो त्यो भने हेर्न बाकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.