गृहमन्त्रालयका १० सहसचिवको सरुवा, को कहाँ पुगे

| 2023 Sep 11 | 06:47 pm 2709

काठमाडाैं, भदाै २५ । सरकारले गृह मन्त्रालय अन्तरगतका १० सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ ।

विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालयमा भएको थियो। तामाङ्गको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ।

सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडिओ बनाइएको छ । अर्याल कुशल प्रशासक रूपमा चिनीन्छन । ललितपुर महानगरमा कार्यरत रहँदा विवादरहित तवरले काम गरेका थिए ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई  दाङको सीडीओ बनाइएको छ।

त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ।

त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ। महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.