गुल्मी २ (ख) मा एमालेका पन्थी दोस्राे पटक विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 06:56 pm 201

गुल्मी, मंसिर ७ः गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन् । पन्थीले १३ हजार ९ सय २९मत ल्याएर विजयी भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८ सय १९मत ल्याएर पराजित भएका हुन् ।

यस प्रदेशमा पन्थी ०७४ सालमा पनि बामगठबन्धनबाट विजयी भएका थिए । यसपटक पनि पन्थीले दोस्राे जित हात पारेका छन् ।

पन्थी र जिसी पूर्व सहकर्मी हुन् । ०७४ सालमा जिसी पन्थीलाई नै मत माग्न हिडेका थिए । पन्थी नेकपा माओवादीमा केन्द्रीय सदस्य समेत बनेका थिए ।उनी माओवादी र एमाले मिलेर बनेको नेकपा बिभाजन पछि पनि एमालेमै रहेका थिए । त्यस बेला माओवादीबाट प्रदेश सांसद पनि खारेज भएको थियो ।

०७४ सालमा एमाले माओवादी गठबन्धनबाट प्रदेश सांसद भएका थिए । यसपटकको निर्वाचनमा पन्थी र जिसी बिच कडा प्रतिस्पर्धा बिच पन्थीले जित निकालेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.