गुल्मी, चैत्र १० : उद्योगी व्यापारीहरुको छाता संगठन गुल्मी उद्योग वाणिज्य संघको हिजो सम्पन्न निर्वाचनबाट श्रीप्रसाद भलामीले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलले पुरै सिट जितेको छ ।
प्राप्त समाचार अनुसार अध्यक्ष पदका उम्मेदवार श्रीप्रसाद भलामीले १ सय ३७ मतको मतान्तरमा प्रत्याशि दुर्गाप्रसाद पाण्डेलाई पछि पार्दै विजयी भएका हुन् । नव निर्वाचित अध्यक्ष श्रीप्रसाद भलामीले ३ सय ४ मत प्राप्त गरेका थिए भने उनका प्रत्याशि दुर्गाप्रसाद पाण्डेले १ सय ६७ मत मात्रै प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समुहका ईश्वरीप्रसाद पौडेलले ३ सय ६, मृगेन्द्रप्रसाद श्रष्ठले ३ सय २६ र रामप्रसाद पन्थीले २ सय ८७ मत प्राप्त गरी विजय भएका छन् । महासचिवमा तारा प्रसाद भुसालले २ सय ९४ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै सचिवमा राजकुमार कक्षपतीले २ सय ८० मत प्राप्त गरे भने कोषाध्यक्षमा ईश्वरीप्रसाद वेलवासेले २ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् । सह–कोषध्यक्षमा मनिराम अर्यालले २ सय ४ मत प्राप्त गरी विजयी भएका हुन् । विजयी हुने अन्य सदस्यमा अर्जुन कार्की, इश्वरीप्रसाद कडेल, गणेशप्रसाद पाण्डेय, गोपालप्रसाद भुसाल, चेतनारायण पाण्डेय, निरोज मिरासिनी, विष्णुप्रसाद अधिकारी, ज्ञानहरि सापकोटा, निर्मला केसी, सिला कुमारी श्रेष्ठ ।