गुल्मी, कात्तिक २१ः आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको प्रचार प्रसार तिब्र गतिले भइरहेको छ । सदरमुकाम तमघासमा कात्तिके जाडोलाई समेत माथ खुवाउने गरी दलका नेता कार्यकर्ता बेसरी तातेका छन् ।
क्षेत्र नम्बर २ को (क) का लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ र नेकपा एमालेबाट निर्माण व्यवसायी तथा पूर्व मेयर डिल्लीराज भुसाल चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनाईका श्रेष्ठ बिशुद्ध राजनीतिकर्मी हुन् भने एमालेबाट उम्मेदवार बनेका भुसाल राजनीतिक कम व्यवसाय बढी गर्ने व्यक्ति हुन् । भुसालको नगरपालिकाको पाँच वर्षे कार्यकाल त्यती सफल हुन नसकेको स्वयं एमालेका कार्यकर्ता बताउँछन् ।
श्रेष्ठ २०४२ सालदेखि नेविसंघ हुँदै अहिलेसम्म आइपुगेका राजनीतिकर्मी हुन् । नेपाल तरुण दलको संस्थापक जिल्ला अध्यक्ष हुँदै झापाको कलवलगुडी महाधिवेशन देखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका श्रेष्ठ नेपाली कांग्रेस गुल्मीको सभापति समेत भइसकेका व्यक्ति हुन् ।
घर परिवारलाई भन्दा समाज र पार्टीलाई बढी समय दिने श्रेष्ठ सादा जिवन उच्च विचार बोकेर हिड्ने युवा नेता भएको गुल्मेली कांग्रेस कार्यकर्ता बताउँछन् ।
निष्ठा र कार्यले यदि काम गर्यो भने भुवन श्रेष्ठको विजय पक्का भनिएको छ । उता २ (ख) मा नेकपा माओवादी केन्द्रबाट बुद्धी बहादुर घर्ती चुनावी मैदानमा छन भने एमालेबाट दिनेश पन्थी रहेका छन् ।
माओवादी युवा नेता घर्ती युवाबीच लोकप्रिय नेता हुन् भने पन्थी यस अघि माओवादीबाट प्रदेश सांसद भएपनि उनी एमाले प्रवेश गरेर दोस्रो पटक टिकट ल्याएका हुन् ।