गुल्मी क्षेत्र नम्बर २ मा एमालेका विष्ट विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 01:27 pm 145

गुल्मी, मंसिर ७:  गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले  २ हजार ४४ मतान्तरले पराजित गरेका हुन्।

यसअघि विष्टले ०५४, ०७० र ०७४ मा विजयी विजयी भएका थिए। विष्टको यो लगातार चौथोपटकको विजयी हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.