गुल्मी, कात्तिक ३ : संगठन विस्तार र कार्यकर्तालाई कृयाशिल गराउने क्रममा केही न केही कार्यक्रम गरिरहने गुल्मी कांग्रेसले मंसिर २० र २१ गते जिल्ला सम्मेलन गर्ने भएको छ ।
कार्यक्रमबारे जानकारी दिनका लागि सदरमुकाम तमघासमा रहेको वीपी स्मृती भवन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले कार्यक्रमबारे जानकारी गराएका हुन ।

कार्यक्रमबारे जानकारी दिँदै सभापति श्रेष्ठले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बरिष्ठ नेता रामचन्द्र पौडेलको विशिष्ट आतिथ्यमा र अन्य केन्द्रीय नेताको आतिथ्यता रहने छ ।
सम्मेलनका अवसरमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै पार्टीको बार्षिक योजना समेत तयार पार्ने सभापति श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।
गुल्मी कांग्रेसले यस अघि गाउँ गाउँमा जाउँ गाउँमै रमाउँ भन्ने नारा सहित पचास दिने महाअभियान चलाएको थियो । पत्रकार सम्मेलनमा पूर्वसभापति त्रैलोक्य प्रताप सेन, सचिव खिलध्वज पन्थी, विष्णु सापकोटा प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँबरको उपस्थिती रहेको थियो ।