गुल्मी कांग्रेसमा खिलध्वज र वेद मगर भिड्दै

रिपोर्ट नेपाल | 2021 Nov 25 | 03:09 pm 1217

गुल्मी, मंसिर ९ः नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्ने सिलसिलामा वडा, गाउँ, नगर हुँदै क्षेत्रिय अधिवेशन सम्पन्न भइसकेका छन् । भोली मंसिर १० गते उद्घाटन भई सुरु हुने गुल्मी जिल्ला अधिवेशनबाट सभापति बन्नका लागि नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी र महासमिति सदस्य वेदबहादुर थापा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारीको घोषणा गरेका सचिव पन्थीले एक हातमा संगठन र अर्को हातमा समग्र जिल्लाको विकासको नारालाई प्रमुख प्राथमिकतामा राखेका छन् । आज बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका पन्थीले गतिशिल, सक्षम र एकताबद्ध कांग्रेस बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

घोषणाको क्रममा नेता पन्थीले चुस्त र दुरुस्त संगठन बनाएर तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने समेत बताए ।

अर्का प्रत्यासी महासमिति सदस्य वेद बहादुर थापाले पार्टीको संस्थागत विकास र सुदृढीकरण कांग्रेस बनाउनु आफ्नो पहिलो कर्तव्य भएको जनाएका छन् । महासमिति सदस्यले गुट, उपगुटको अन्त्य गरी एकताबद्ध कांग्रेस बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.