गुल्मी कांग्रेसको दाेस्राे सम्मेलन हुने

| 2023 Nov 10 | 10:11 am 1097

गुल्मी कात्तिक २४। नेपाली कांग्रेस गुल्मीको दाेस्राे जिल्ला सम्मेलन आगामी मंसिर ९ र १० गते हुने भएको छ।

जिल्ला कार्य समितिकाे एघारौं बैठकबाट निर्णय भए बमोजिम जिल्ला सम्मेलन हुन लागेको हाे।नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका अनुसार जिल्ला सम्मेलनमा केन्द्रीय नेताहरूकाे समेत उपस्थिति रहने छ।

सम्मेलनलाई भब्य बनाउनका लागि १२ पालिकाका ९३ वटै र १२ वटै पालिकाका सम्मेलन सम्पन्न भइसकेका छन।मंसिर ९ गते सदरमुकाम तमघासकाे चिदीचाैरमा उद्घाटन भई विशाल आमसभाकाे तयारी भएको सभापति पन्थीले रिपोर्ट नेपाललाई बताए ।

१० गते बन्द सत्र र पार्टीका प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको सचिव भगतसिंह खड्काले जानकारी दिएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.