गुल्मी जेठ १९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली कांग्रेसले चुनावि पराजय भाेगेता पनि उसकाे सिद्दान्तले जितेकाे बताएका छन् । नेता महतले उक्त कुरा गुल्मी कांग्रेसले अायाेजना गरेकाे गाँउमै जाउँ गाँउमै रमाउँ ५० दिने महान अभियानकाे समापनकाे अवसरमा शनिवार तम्घासमा बताएका हुन् । उनले हिजाे जे जस्ता कमि कमजाेरी भए त्यसलार्इ पाठका रूपमा लिएर पार्टीका नेताहरू एक मतका साथ अघिबढ्नु पर्ने बताए । नेत महतले उदार अर्थनितिले गर्दा बैंकहरू स्थापना भए उद्याेग धन्दाहरू खुले जसले गर्दा मान्छेकाे अार्थिक स्थिति बढेकाे भन्ने बताए । डा. महतले नेपाली कांग्रस गुल्मीले याे महाअभियान राखेर केन्द्रकाे अाँखा खाेलिदिएकाे बताउदै मुक्त कण्ठले प्रसंसा गरे । अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले याे महाअभियानले अाफूलार्इ दलितकाे मसिया ठान्ने कम्युनिष्टहरूलार्इ दह्राे झापड दिएकाे बताए । गुल्मी कांगेसले याे महाअभियानमा दलितकाे घरमा खानपान मात्रै गरेनकी सहभाेज देखि दलितलार्इ अाफ्नै घरमा बाेलाएर भाेनज समेत गराए । जसका कारण तत्कालिन एमालेबाट मन्त्री बनेका प्रदिप ज्ञवाली र गाेकर्णा विष्टले दुर्इ दलित युवालार्इ अाफ्नाे सचिवालयमा राख्न बाध्य भए । नेता भण्डारीले राजधानीका चाेकचाेकमा बसेर जिल्लाकाे राजनिति गर्नेहरूकाे दिन समाप्त भएकाे कुरा पनि बताए । नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठकाे सभापतित्वमा सम्पन्न महाअभियान समापन समाराेहमा बाेल्दै नेपाली कांग्रेसका पूर्व सभापति त्रैलाेक्यप्रताप सेनले केन्द्रका नेताकाे स्वार्थकाे कारणाले कांग्रेसकाे याे हविगत भएकाे बताए । उनले कांग्रेसलार्इ विपक्षले हराएकाे नभर्इ पार्टी भित्रकै अन्तर्घाती एैजेरूहरूले हराएकाे पनि बताए । अर्का पूर्व सभापति चन्द्र केसीले वर्तमान सरकारका ड्राइभरहरूले न्याय क्षेत्रलार्इ पंगु बनाउन खाेजेकाे अाराेप लगाए । महाअभियानकाे समापन समाराेहमा क्षेत्रीय सभापति अशाेक कुमार थापा, पारीश्वर ढकाल, भगत खड्का, महिला संघ सभापति विष्णु सापकाेटा शिक्षक संघका अध्यक्ष प्रेम भण्डारी नेवि संघका नेता सुदर्शन खनाल, झविराम पाण्डे लगाएतका नेताले अा- अाफ्नाे धारणा राखेका थिए ।
कृष्णप्रसाद सापकाेटा