गुल्मी कांग्रेसकाे दाेस्राे सम्मेलनकाे तयारी पूरा

| 2023 Nov 21 | 07:59 am 665

गुल्मी मंसिर ५/ आगामी मंसिर ९ र १० गते सदरमुकाम तमघासमा हुने दाेस्राे सम्मेलनको सम्पूर्ण कार्य पूरा भएको जनाइएको छ।सदरमुकाम तमघासमा आयाेजित पत्रकार सम्मेलनमा सभापति खिलध्वज पन्थीले ठूलो बलिदानीबाट प्राप्त लाेकतन्त्र र गणतन्त्र माथि धमिलो पानीमा माछा मार्ने तत्वहरूले गिद्धे दृष्टि लगाइरहेका बेला हुन लागेको सम्मेलनले जनता लाेकतन्त्रकाे पक्षमा रहेको सन्देश दिन काेशेढुङ्गा सावित हुने।बताएका थिए ।सभापति पन्थीले संगठनलाई चुस्त र दुरुस्त पार्दै जनतालाई अझ बढी लाेकतन्त्रकाे रक्षार्थ जिम्मेवार बनाउन याे दाेस्राे सम्मेलन फलदायी हुने कुरामा आफू पूर्ण आशावादी रहेको बताएका थिए।पत्रकार सम्मेलनमा सभापति पन्थीले अहिलेकाे युग भनेको सुचनाकाे युग भएकोले संचारकर्मीकाे पनि सम्मेलनलाई सफल बनाउन साथ सहयोग पाउने कुरामा आफू आशावादी रहेको बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.