गुल्मी, चैत २५ः समुन्नत रेसुङ्गा हाम्राे शान–उत्कृष्ट नगर सबैकाे पहिचान भन्ने मुल नाराका साथ अगाडि बढेकाे रेसुङ्गा नगरपालिकाले जिल्ला अस्पताल गुल्मीलाई पाँच थान मृर्गाैला डायलासिस मेसिन प्रदान गरेकाे छ।
विश्व स्वाथ्य दिवसको अवसर पारेर नगर प्रमुख खिलध्वज पन्थीले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।
प्रमुख पन्थीका अनुसार र डायलासिस मेसिन संचालनको निम्ति नगरपालिकाले जनशक्तिलाई तालिममा पठाइसकेको छ।
गत स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी पन्थीले विजयी हासिल गरेपछि निर्वाचनमा गरेका बाचा पूरा गर्ने अभियान अन्तरगत डायलासिस मेसिन प्रदान गरेका हुन् । जिल्लाभर मिर्गौलाका बिरामीहरू बढिरहेको अवस्थामा नगर प्रमुख पन्थीले आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मेसिन हस्तान्तरण गरेर प्रशंसनीय कार्य गरेका छन् ।
गुल्मी जिल्ला अस्पतालमा उक्त मेसिन नगरपालिकाले दिएपछि छिमेकी जिल्ला अर्घाखाँची र बागलुङका बिरामीले सेवा पाउने भएका छन् । स्वास्थ्य क्षेत्र जस्ताे शंवेदनसिल कार्यमा नगर प्रमुख पन्थीकाे ध्यान केन्द्रित हुनु जिल्ला बासीका लागि साैभाग्यकाे कुरा भएकाे सर्वसाधारण बताउँछन् ।