गुल्मीमा १६ जनामा कोरोना संक्रमणः तपाईंको मास्क खोई ? अभियान सुरु

| 2021 Apr 21 | 11:03 am 3305

  • सन्तोष महतारा

गुल्मी, बैशाख ८ः  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले तपाईंको मास्क खोई ? अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले कोरोनाको नयाँ भेरियन्ट देखा परेको र जिल्लामा संक्रमण बढेको बताएकी छिन् । गुल्मीमा अहिले १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले गरेको निर्णय पालना गर्न सबैलाई प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरिन् ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि सहित सुरक्षा निकायले सुरु यो अभियानले बुधबार विहान सदरमुकाम तम्घास बजारमा परिक्रमा गर्दै  तपाईंको मास्क खोई ? अभियान सुरु भएको हो । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

कोरोना लागे मृत्यु हुने अवस्था सिर्जना भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रमुख जिल्ला अधिकारीले आग्रह गरिन् । मास्क लगाउन अटेरी गरेमा जरिवान गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.