गुल्मीमा मृत अवस्थामा चितुवा फेला

रिपोर्ट नेपाल | 2022 Jun 05 | 11:00 am 1825

गुल्मी, जेठ २२ः गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर  ३ को लूम्छामा मृत अवस्थामा चितुवा  फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।

इलाका वन कार्यालय रिडीको टोली उक्त स्थानमा पुग्दै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफै मरेको भन्ने बारेमा टोली पुगेपछि मात्रै थाहा हुने उनको भनाई छ ।

कसैले मारेको भएमा त्यसको अनुसन्धान गरी थप पक्रिया अगाडि बढाइने सापकोटाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.