गुल्मीको शुक्रबारको उडानका लागि तीनदिन अघि सिट फुल

| 2023 May 10 | 03:55 pm 2337

काठमाडौं, बैशाख २७ः रेसुंगा विमास्थलमा २९ गते हुने व्यवसायीक उडानका लागि सबै सिट बुक भइसकेको बुझिएको छ । रेसुंगा नगरपालिकाका प्रमुख तथा कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीको अथक प्रयास र हवाइ सेवा संघका प्रवक्ता तथा हेलिकोप्टर एशोसियशन अफ नेपालका प्रवक्ता योगराज कडेलको अहोरात्र खटाइका कारण गुल्मीमा जहाज उडान गर्न सफल भएको उड्यन प्राधिकरणका एक कर्मचारीले रिपोर्ट नेपाललाई बताए ।

हप्तामा दुई दिन नेपाल एयरलाइन्सको उडान हुने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । हवाइ भाडा तत्कालका लागि ६ हजार पाँच सय तय गरिए पनि पछि उडानको अवस्था हरेर थपबढ हुने भएको छ ।

काठमाडौंमा व्यस्त वा सरकारी कर्मचारी जिल्लाका सरकारी काम पर्दा शुक्रबार आफ्नो काम सकेर रात्रीबसबाट शनिबार राजधानी फर्किन सकिने सुविधा प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.