गुल्मी, असोज २४ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेकपा एकिकृत समाजवादीको भातृ संस्था युवा संघ नेपालले ६ बुँदे माग पत्र पेश गर्दै मुसिकोट नगरपालिकामा तालाबन्दी गरेका छन् ।
तरुणदल मुसीकोट सभापति भिम पाण्डे र युवा संघ गुल्मी जिल्ला इन्चार्ज बसन्त अधिकारीद्वारा हस्ताक्षरीत माग पत्रमा कर्मचारीको पेन डाउनका कारण नगरपालिकाको कार्य अस्तव्यस्त हुँदा सर्वसाधारण जनताले दु:ख पाएको जनाइएको छ ।
माग पत्र बुझाउन गएका युवाले आफूहरुको तालबन्दी गर्ने कार्यक्रम भएकोले नगर प्रमुख जिवन खरेललाई बाहिर निस्कन आग्रह गर्दा नमाने पछि कार्य कक्षमै थुनिएको थियो । नेपालीको महान चाड दशैं नजिक आइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता शिक्षक कर्मचारीको तलब वितरण नगर्दा कठिन भएको भन्दै तालाबन्दी गरिएको जनाइएको छ ।
