गुल्मीको फोक्सिनी सामुदायिक वनमा एक जना मृत फेला

रिपोर्ट नेपाल | 2019 Nov 12 | 01:14 pm 1654

गुल्मी, कात्तिक २६: मंगलबार बिहान रेसुङ्गा नगरपालिका–५ फोक्सिनी सामुदायिक जंगलमा एकजना मृत फेला परेका छन्।

फेला पर्नेमा ४५ वर्षीय काशीराम पाण्डे मृत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए।

२५ दिनदेखि सम्पर्कविहीन पाण्डे जंगलमा मृत फेला परेका हुन्। शव पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसधान भइरहेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.