गुल्मीको पहिरोले विश्वनाथलाई पिरल्यो

रिपोर्ट नेपाल | 2019 Aug 01 | 04:36 pm 3689

काठमाडौं, साउन १६: अविरल वर्षाका कारण साउन ६ गते मध्यरातमा गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा गएको भीषण पहिरोका कारण पीडमा रहेका पीडितलाई विश्वनाथ सोपकोटाले दुई हजार सहयोग गरेका छन् ।

जिल्लाको तत्कालिन वामी गाविसमा बुबा टिकाराम सापकोटा र आमा गौरीदवी सापकोटाका कोखबाट जन्मीएका विश्वनाथ बसाई सराई गरेर नवलपरासी आए पनि गुल्मीमा भएको धनजनको क्षति प्रति चिन्ता व्यक्त गर्दै रिपोर्ट नेपालको कार्यालयमा आएर दुई हजार सहयोग गरेका हुन्।

आफू जन्मीएको ठाउँ स्वर्ग भन्दा प्यारो हुन्छ भन्ने मन्त्रलाई मनन गर्ने समाजसेवी सापकोटा यस्ता विपतका घटनामा अलिबढी भावुक बन्ने गरेको बताउँछन् । नेपाली कांग्रेसको कृयाशिल सदस्य रहेका विश्वनाथले धेरै विपतका घटनामा सहयोग गर्दै आएका छन् ।

सापकोटाले थुप्रै मठ मन्दिर निर्माण र जिर्णाेद्धारका लागि समेत सहयोग गर्दै आएका व्यक्ति हुन् । समाजसेवी विश्वनाथको उत्तरोत्तर प्रगति र उज्वल भविष्यको कामना गर्दछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.