गुल्मीको तम्घास बजारमा सवारी साधन पार्किङ निषेध

रिपोर्ट नेपाल | 2018 Jun 05 | 05:36 pm 4489

गुल्मी, २२ जेठ : गुल्मीको तम्घास बजारमा सवारी साधनलाई पार्किङ निषेध गरिएको छ । बजार क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त भएपछि रेसुङ्गा नगरपालिकाले हुलाक कार्यालयबाट उदिन ढुङ्गासम्म मोटरसाइकलको पार्किङमा रोक लगाएको हो ।

जताततै सवारी पार्किङ गर्दा सवारी आवागम गर्न गाह्रो भएकाले सवारी आवागमनलाई सहजता बनाउनका लागि रेसुङ्गा नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालयले बजार क्षेत्रमा पाकिङ्ग निषेध शुरु गरेका हुन् । गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक डोरबहादुर कुँवरलेकाा अनुसार प्रथम चरणमा बजार क्षेत्रमा तोकिएका स्थानहरुमा मोटरसाइकलको पार्किङ निषेध गरिएको छ ।

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले चिदिचौर खेल मैदान तल, नयाँ बजार मन्दिर प्रवेशद्वार तल, पुतलीबजार फिल्म हलनजिकै र उदिनढुंगा जीप पार्कनजिकै मोटरसाइकल पार्किङका लागि स–शुल्क सहित ५ स्थान तोकिएको छ ।

निषेध गरिएको स्थानमा पाकिङ गरे तत्काल ५ सयदेखि १ हजारसम्म जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख कुँवरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.