गुल्मी, जेठ ६ः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौं जिल्ला अधिवेशनले प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवरको अध्यक्षतामा २४ सदस्य कार्य समितिको चयन गरेको छ । कुँवर यस अघि पनि युनियनको अध्यक्ष भइरहेका व्यक्ति हुन् ।
सदरमुकाम तमघासमा सम्पन्न भएको सातौं अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपाली नागरिकलाई नककली शसणार्थी बनाउने जो कोही भएपनि कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए ।
नेता पन्थीले नव निर्वाचित हुने नेतृत्वले मजदुरका पक्षमा काम गर्ने कुरामा आफू आशावादी रहेको बताउँदै पेशागत संस्थालाई सहयोग गर्न कुनै कसुर नराख्ने बताएका थिए ।
अधिवेशनबाट खुला उपाध्यक्षमा विरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष सेवामा भिमलाल रेग्मी, उपाध्यक्ष महिलामा पार्वती खत्री, उपाध्यक्ष अनौपचारिकमा अनिल खत्री, उपाध्यक्ष यातायातमा महेश कुमार राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी युनियनको सचिवमा यमलाल पाण्डे, कोषध्यक्षमा दिलीप कुमार थापा, सह सचिवमा भिमसेन के.सी. र डोल बहादुर कुँवर, सह कोषाध्यक्ष वसन्ता खरेल निर्विरोध निर्वाचित भएका छन् ।