गुल्मीको अर्लाङकोटमा १५ घर पहिरोको उच्च जोखिम

रिपोर्ट नेपाल | 2020 Jul 29 | 10:45 am 4372

गुल्मी, साउन १४ः अबिरल वर्षाले पहिरो जाँदा गुल्मीको मुसिकोट नगरपालिका अर्लाङकोटमा ठूलो क्षती पुर्याएको छ । उक्त नगरपालिकाको वडा नम्बर–९ को अर्लाङकोट कमेरे क्षेत्रमा पहिरोका कारण १५ घरधुरी उच्च जोखीममा परेका छन् ।

No description available.

सो क्षेत्रमा गत वर्षदेखिनै बस्ती माथिबाट जमिन चिरा परेर त्रसितपूर्ण रहेका स्थानीयलाई वर्षाले केही दिन अगाडी ठूलो पहिरो जाँदा वस्ती उच्च जोखीममा परेको हो । उक्त वस्ती तलबाट समेत सोमबार रातीबाट पहिरो खस्न शुरु गरेपछि थप बस्ती जोखीममा परेको छ ।

No description available.

त्यसैगरी अर्लाङकोटकै घैयार क्षेत्रमा ३ घर, बराह थान क्षेत्रका २ घर पहिरोको जोखिममा परेपछि स्थानीयलाई स्थानान्तरण गरिएको छ । दासीकोट, ददल्का र तल्लो बेल्टका मानिसहरु पनि सामान्य रुपमा ठाउँठाउँमा पहिरो खस्दा त्रसित बनेका छन् ।

No description available.

अर्लाङकोटमा रहेको सीतापुर माध्यमिक विद्यालयको २ कोठे भवन र ३ कोठे शौचालयमा समेत पहिरो खस्दा अधिकांश जोखिममा परेको छ । वामी–दासीकोट, अर्लाङकोट–मौरीभीर, ददल्का सडकखण्ड पहिरो जादाँ सडक अबरुद्व भएको छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.