गुल्मीकी भावना खत्रीलाई जिताउन : नेता पाण्डेयको आग्रह

रिपोर्ट नेपाल | 2025 Jan 25 | 01:29 pm 3317

काठमाडौँ ,१२ माघ / गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड न ३ निवासी भावना खत्री सानै उमेरदेखि सिर्जना गर्न मन पराउथिन। उनले प्रविधि र कलालाई सिर्जनशीलता व्यक्त गर्ने प्रमुख माध्यम बनाएको बताएकी छिन ।

व्यवसायलाई एउटा कलाको रूपमा हेर्नुपर्ने र जनताको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हुनुपर्ने उनको भनाई रहेको छ । धेरैपटक व्यवसायहरू केवल व्यवसायको लागि मात्र बनाइएका देखिन्छन्, तर तिनीहरूले जनताको भावनात्मक आवश्यकतालाई पूरा गर्दैनन्। मेरो प्रमुख लक्ष्य भनेकै जनताको भावनात्मक आवश्यकता पूरा गर्नु हो उनको भनाई रहेको छ ।

भविष्यमा आर्थिक रुपमा सफल उद्यमीकाे साथमा समुदायकाे सन्तुष्टि , दिगाे वातावरणीय तथा सास्कृतिक संरक्षण , उत्पादन र उध्यममा स्थायित्वकाे लागि सिर्जनशील प्रयासहरु शुरुवात गर्न सक्ने उद्यमी- इन्टरप्रनर अफ इम्प्याक्ट (Entrepreneur of Impact) काे लागि विश्वका ७४ राष्ट्रका प्रतिस्पर्धीहरुमध्ये भावना खत्रीले नेपालबाट सहभागिता जनाएकी छिन ।

आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील भावना खत्रीले आफ्नो नामको साथसाथै देश र जन्मेको ठाँउ लाई बिदेशका कुनाकुना चिनाउन अहोरात्र मिहेनत गरेको नेपाली कांग्रेसका युवा नेता गुल्मी कांग्रेसका सहसचिब धर्मराज पाण्डेयले बताए ।

युवा लाई रोजगारी होईन, युवा उद्यमी बनाउनु पर्छ भन्ने कुरालाइ सधैं आत्मसात गर्ने ऊनी भबिस्यमा सफल उद्यमी बन्न चाहाना भएका युवाहरुको लक्षित एउटा प्रतियोगितामा देशकै प्रतिनिधित्व गरेर सहभागिता जनाएको हुदा एक भाेट गर्न पाउने नि:शुल्क सु-अवसरकाे सदुपयोग गरेर उनलाई जिताउन हामी सबै लाग्नु पर्ने  कांग्रेसका युवा नेता  पाण्डेयले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.