गुल्मीका समाजसेवी रानाको निधन

| 2021 Apr 30 | 08:08 am 673

काठमाडौँ बैशाख १७: राष्ट्रिय जनमोर्चा गुल्मीका नेता तथा समाजसेवी नन्दराम रानाको निधन भएको छ। लामो समय देखि सुगर, प्रेसर र निमोनिया रोगबाट पिडित ७२ बर्षीय रानाको सिमिचौर स्थित आफ्नै निवासमा निधन भएको हो।

सदा जीवन उच्च बिचारलाई सदै आत्मसात गर्दै अघि बढेका राना सधै दलगत स्वार्थ भन्दा माथि उठेर जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ भन्ने सोच राख्ने नेता हुन्। रानाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै नेपाली कंग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले देश र जनताको समग्र परिवर्तनका लागि नेता रानाको नेतृत्वदायी भूमिका रहेको बताएका छन्।

एक असल राजनिक ब्वक्तित्वको अबसानले सिंगो गुल्मी जिल्लालाई अपुरणिय क्षेती पुगेको पनि सचिब पन्थीले बताएका छन्। निष्ठा आदर्श र इमान्दारिताको कर्मले राना सदै अमर रहने पनि पन्थीको भनाई रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.