गुल्मीका बेरोजगार युवालाई ग्राफिक्स डिजाइन तालिम

रिपोर्ट नेपाल | 2018 Jun 19 | 07:13 pm 4041

गुल्मी, ५ असार : जिल्ला युवा समिति गुल्मीले युवाहरूका लागि ग्राफिक्स डिजाइन तालिम सुरु गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी जिल्लामा रहेका बेरोजगार युवाहरूलाई तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम सुरु गरिएको हो ।

जिल्ला युवा समिति गुल्मीकी नासु सञ्जिवनी आर्यलका अनुसार २५ जना युवालाई एक महिना सम्मको लागि कम्प्युटर मार्फत विभिन्न खालका डिजाइन गर्न सक्ने गरी ग्राफिक्स डिजाइन तालिम दिने छ । बढ्दो बेरोजगार र युवाहरूको विदेश प्रतिको मोहलाई निरुत्साहित गरी स्वदेशमै रोजगारको प्रबन्ध गर्न भन्दै एक महिने तालिम सुरु गरिएको अर्यालको बताइन् ।

बजारमा कम्प्युटर शिक्षा लिए पनि विभिन्न डिजाइन तथा प्रेसहरूमा काम गर्न सक्ने जनशक्तिको कमी भएकाले तालिम दिएर युवालाई रोजगारीमा ल्याउनु मुख्य उद्देश्य रहेको अर्यालले बताइन् । तालिमको रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।

तालिमको उद्घाटन गर्दै मेयर भुसालले तालिमले आत्मबल बढाउनुका साथै रोजगारीका अवसरमा पनि सृजना गर्ने भएकाले अनुशासित भएर सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । योग्यता भएका व्यक्तिलाई खाली बस्न नपर्ने भएकाले तालिम लिएर योग्य व्यक्ति बन्न उनले आग्रह गरे ।

मेयर भुसालले घर परिवार र अरूलाई देख्न मात्रै तालिम लिएझैँ गरे आफै ठगिने भएकाले केही गर्न सक्ने गरी आफ्नै लागि तालिम लिनुपर्नेमा जोड दिए । सिप हुँने मान्छे जहाँ गएपनि काम गरेर खान सक्ने भएकाले अहिलेको समयमा सिप सिक्नु पर्ने जरुरी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.