गुल्मी, जेठ ३ः जिल्लाकाे कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा पुनः दोस्रो कार्यकालका लागि विजयी भएका छन् । उनले ४ हजार ८ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वीनेकपा एमालेका रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी भएकी छन् । उनले ४ हजार ४ सय ८४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत प्राप्त गरेकी थिइन् ।