गुरुराज घिमिरेद्वारा लिखित मान्छेका कथाहरु कृति लोकार्पण

| 2019 Jul 27 | 06:22 pm 2994

काठमाडाैं, साउन ११: नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेद्वारा लिखित मान्छेका कथाहरु नामक छैठौं कृति पुरानो बानेश्वर बत्तिस पुतलीस्थित अनुपम फुटल्याण्ड पार्टी प्यालेसमा एक भब्य समारोहकाबीच लोकार्पण गरिएको छ ।

समी साहित्य प्रतिष्ठानको सहयोगमा उक्त समारोह सम्पन्न भएको हो । नेता गुरुराज घिमिरेद्वारा लिखित मान्छेका कथाहरु नामक कृतिमा मानिस जन्मेदेखि मृत्युसम्म भोग्नु पर्ने ओरोह अवरोह, सुख दुःखका बारेमा यस पुस्तक मार्फत आम जनमानसमा आफ्नो लेख पुर्याउन खोजेका छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले हामी नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताले बीपीका सिद्धान्त अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यस्ता किसिमको कृतिले सामाजिक सद्भाव बढाउने र आफ्ना कला प्रतिभाको प्रष्फुटन हुने बताए । साथै यस कृतिका लेखक गुरुराज घिमिरेलाई शुभकामना पनि दिएका थिए ।

त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले अध्ययन चिन्तन र लेखन व्यक्तिगत जिवनमा अनिवार्य रहेको बताए । उनले पनि बीपी कोइरालाको जीवनीका कुरालाई खण्डन गर्दै बीपीले पनि विभिन्न कृतिहरु लेखेका र अब हामीले पनि यस्ता किसिमको कदमहरुलाई अगाडी बढाउनुपर्ने बताएका थिए ।

कृति लोकार्पण समारोहमा अन्य वक्ताहरुले पनि आ–आफ्नो मन्तव्य तथा लेखक प्रति शुभकामना दिएका थिए । मन्तव्य तथा शुभकामना दिनेमा पूर्वअर्थमन्त्री रामशरण महत, कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस नेता अर्जुननरसिंह केसी, कांग्रेस नेता गोपालमान श्रेष्ठ, पूर्वसभामुख चित्रलेखा यादव, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री मिनेद्र रिजाल, नेकपा नेता दिनानाथ शर्मा, साहित्यकार तथा प्राध्यापक लक्ष्मण गौतम, साहित्यकार एसपी कोइरालाले आफ्ना भनाईहरु राखेका थिए ।

लेखक गुरुराज घिमिरे नेपाली कांग्रेसका सक्रिय नेता हुन् । उनी लामो समयदेखि कांग्रेस पार्टीमा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।
उक्त समारोहका अध्यक्ष समी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.