पाल्पा, असाेज ११: तिनाउ गाउपालिका-३ सिद्धबाबाको हेडबक्स नजिकै गुडिरहेको बसमा माथिबाट खसेको ढुंगाले लागेर पाँचजना घाइते भएका छन्। लु१ख ६१८० नम्बरको बस पाल्पादेखि बुटवलतर्फ जादै गर्दा शनिबार दिउँसो माथीबाट ढुंगा खसेर लागेको हो।

उक्त दुर्घटनामा परी घाइते हुनेमा बस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का ३५ वर्षीय कमल राउत, स्याङ्जाको वालिङ नगरपालिका-१४ का ३८ वर्षीया रोमादेवी डुम्रे, पाल्पाको तिनाउ गाउपालिका-६ का ५२ वर्षीय टीकाराम भण्डारी, माथागढी गाउँपालिका-५ का २३ वर्षीय सन्तोष चौहान, भारत नौतुनाका २६ वर्षीया श्रीमाया साहानु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।
प्रनाउ सापकाेटाका अनुसार घाइते भएका मध्य चालकको अवस्था गम्भीर रहेकाे बताए । अन्य घाइते सबैको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको जानकारी दिइएकाे छ।