गुठीयारहरुको राष्ट्रिय सम्मेलन गर्ने

रिपोर्ट नेपाल | 2019 Jun 27 | 05:15 pm 1691

काठमाडाैं, असार १२:  नेवाः समुदायको जनआन्दोलनको दबावमा राष्ट्रिय सभावाट गुठी विधेयक फिर्ता लिएको अवस्थामा अव बनाउने कानुन नेवाः समुदायका गुठीयारहरुको सहकार्य, सहमति अनुसार गुठीलाई स्वायत्तता दिनुपर्ने माग गर्न र गुठीयारहरुको साझा अवधारणा बनाउनका लागि गुठीयारहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बुधवार राजधानीमा नेवाः समुदायको साझा संगठन नेवाः देय् दबूको आयोजनामा नेवाः समुदायको जातीय परिषद्को बैठकले सो निर्णय गरेको हो । देय् दबूका अध्यक्ष नरेश ताम्रकारको अध्यक्षतामा बसेको बैठकले सम्वन्धित जातीय संगठनले सम्वन्धित जातीय गुठीहरुको आवश्यकता अनुसार सम्मेलन गर्ने र नेवाः देय् दबूको संयोजनमा राष्ट्रिय स्तरमा सबै गुठीका गुठीयारहरुको सहभागीतामा राष्ट्रिय गुथियार सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले अव गुठीलाई भूमि सुधार मन्त्रालय अन्तर्गत राख्न नहुने भन्दै संस्कृति मन्त्रालय अन्तर्गत राख्नुपर्ने माग गर्ने समेत निर्णय गरेको छ । गुठी विधेयकलाई संशोधन वा पुनरलेखनको नाममा फेरी ल्याउन नहुने र अव नयाँ नै विधेयक लेख्नुपर्ने त्यसका लागि गुठीहरुको तर्फवाट मस्यौदा गर्न पनि तयार रहेको धारणा राखेका थिए । गुठी भनेको नेवाः समुदायको परम्परागत प्रथाजन्त संस्था भएकोले नेपालको संविधान वा कानुनले समेत छुन नसक्ने बताउदै गुठीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार स्वायत्त संस्थाको रुपमा सरकाले स्वीकार गर्नुपर्ने मूल मर्मका साथ आफूहरु गुठीहरुमा समेत बहस गर्ने र अन्तिममा राष्ट्रिय सम्मेलन गरि निष्कर्ष निकाल्ने समेत गुठीयारहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.