गुटउपगुटको कलहले ट्रेड यूनियनको बन्द सत्र प्रभावित

रिपोर्ट नेपाल | 2018 Jun 14 | 08:26 am 1520

काठमाडौं, जेठ ३१ : कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ गते उद्घाटन गरेको ट्रेड यूनियन कांग्रेसको छैठांै महाधिवेशनमा प्रतिनिधिको विवाद भएपछि ३१ गते बिहान सम्म बन्द सत्र हुन सकेको छैन ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार संस्थापन पक्ष खिलनाथ दाहालले प्रतिनिधि छनौटमा एकलौटी गर्दै विधान मिचेको आरोप पुष्कर आचार्य पक्षले लगाएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार बुधबार बन्द सत्र समाप्त गरी बिहीबार निर्वाचन गर्ने कार्यतालिका थियो ।

झण्डै १४०० महाधिवेशन प्रतिनिधि भएको ट्रेड यूनियनको महाधिवेशन कार्यतालिका अनुसार निर्वाचन नहुने निश्चित भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको ट्रेड यूनियनमा पनि पार्टीमा जस्तै गुट–उपगुट भएका कारण तिव्र विरोध र प्रतिरोध भएको छ ।

महाधिवेशनबाट चार बर्षे नेतृत्व लिनका लागि पार्टी सभापति शेरबहादुर देउवा समुहबाट अध्यक्ष खिलनाथ दाहालको नेतृत्वमा महासचिवमा डा. संजय मिश्र, बरिष्ठ उपाध्यक्षमा अयोध्या प्रसाद यादव चुनावी मैदानमा उत्रिएका छन भने वरिष्ठ नेता रामचन्द्र पौडेलको ग्रुपबाट अध्यक्षमा पुष्कर आचार्य, महासचिव योगेन्द्र कुमार कुँवर र बरिष्ठ उपाध्यक्षमा महेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन् । आपसी कलह र महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर भएको विवादका कारणले हिजो हुन नसकको बन्द सत्र आज हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.