गीत

रिपोर्ट नेपाल | 2023 Jun 12 | 01:27 pm 2257

गीत

स्वाभिमानीले पराइ आस कहिले गर्दैन
दश नङ्ग्रा खियाउंछ अरुको भर पर्दैन

सक्छौ देशको निम्ति केही गरेर देखाऊ
देश टुक्राउने माध्यम हैन देशभक्ति देखाऊ
मनपरेको विचार बोकेर जतिसुकै चिच्याउ
त्यो विचार लादेर अरुलाई घाइते न बनाऊ

स्वाभिमानीले………………..

सक्छौ देशको अस्मिता ज्यान दिएर जोगाऊ
देश खण्डित हुने साधन हैन राष्ट्रियता देखाऊ
आफ्नै मातृभूमि भित्र बेग्लै ठाउं न गराऊ
राष्ट्रियता हराउने खेलमा सहभागी न बनाऊ

स्वाभिमानीले………………

सबै धर्म मध्य मनपरेको धर्म आफ्नो बनाऊ
त्यो धर्मको नाउ मा कोहि कसैलाई न जलाऊ
मर्म सबै धर्मको बुझ्न सक्ने आफुलाई बनाऊ
गरेर सम्मान अरुलाई आफुले सम्मान पाउ

स्वाभिमानीले………………

© कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.