गीत

रिपोर्ट नेपाल | 2023 Jun 09 | 01:17 pm 1585

गीत

जीवनलाई बाच्ने प्रयत्न गर्दा
मृत्युको धेरै नजिक आइ पुगेछु
आत्तिन्छ मन यी कुराहरु सोचेर
किन र कहाँ पो म आइ पुगेछु

यस्तो यात्रामा पाइला सारे छु
जसको गन्तब्य नै कहीं छैन
लाखों कोशिश मरेर गरे पनि
उपलब्धि केही गर्न मैले सकिन

जीवनलाई ………

थोरै खुशीको चाहनामा
अनगिन्ती दुख सहें मैले
अतितका ति पलहरु सोचेर
म त आफै संग डराए अहिले

जीवनलाई …………

© कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.