गीत

रिपोर्ट नेपाल | 2023 Jun 08 | 12:41 pm 1349

गीत

कोही बोल्दा कर्णप्रिय हुन्छ
कोही बोल्दा कर्कशा लाग्छ
नचाहेर पनि बाध्यता कस्तो
दुवै थरीका कुरा सुन्नु पर्छ

मान्छेले आवेगमा त्रुटी गर्छ
तर इतिहास नै कलंकित हुन्छ
हेर्दा सानो भुल देखिन्छ
सच्चाउन जीवनभरी सकिन्न

कोही बोल्दा।।।।।

नबुझिकन आवेशमा मनपरी बोल्छ
तर समयमा पछुताउने हुन्छ
परिणाम केही नहुने देखिन्छ
परे को गाँठो फुकाउन सकिन्न

© कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.