गिरीको हत्या अनुसन्धानका लागि चार जना प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Feb 06 | 02:04 pm 1699

काठमाडौं, माघ २३: गत मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्तका अनुसार बानेश्वर आलोकनगरको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा उनलाई गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको पनि बताइएको छ ।

गिरीको शवलाई पोष्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.