काठमाडौं, कात्तिक २: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रान्तिनायक गिरिजाप्रसाद कोइरालाको अनुशरण गरेर अघि बढेमा मात्रै उँहा प्रति सच्चा श्रद्धान्जली हुने बताएका छन् ।

शनिबार विहान जिपी फाउण्डेसनद्वारा आयोजित एक कार्यक्रममा नेता सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय गिरिजाबाबुको अविश्मरणीय भूमिका रहेको बताए । जंगलमा रहेका माओवादीलाई बहुदलिय संसदीय व्यवस्थामा छिराएर मुलुकलाई शान्तिको मार्गमा हिडाउने गिरिजाबाबुको यतिखेर अभाव खड्कीएको नेता सिंहको भनाई रहेको थियो ।
क्रान्तिनायक गिरिजाबाबुको अनुशरण कांग्रेस नेतृत्वले गरेर युवालाई परिचालन गर्न सकियो भने मात्रै कांग्रेसको भविश्य उज्ज्वल हुने नेता सिंहको भनाई थियो । पार्टीलाई संस्थागत ढंगबाट नचलाइएका कारण कांग्रेस कमजोर भएको भन्दै नेता सिंहले कांग्रेसलाई एक ढिक्का बनाएर लैजान नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
कम्युनिस्टको अधिनायकवाद ग्रैह्र संवैधानीक कार्य दिनानु दिन बढ्दै जाँदा समेत नेतृत्वको कमजोरीका कारण कांग्रेस निरिह भएर बसेको सिंहको भनाई रहेको थियो । जिपी फाउण्डेसन क्षेत्र नं. १ का संयोजक अर्चन भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, गणेश दुलाल, जिपी फाउण्डेसनका काठमाडौं अध्यक्ष अर्जुन पराजुली , प्रदेश ३ की संयोजक रीता खनाल र जमुना खरेलले स्वर्गीय गिरिजाप्रसाद कोइरलाको योगदानका विषयमा चर्चा गरेका थिए ।