गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

रिपोर्ट नेपाल | 2024 Apr 04 | 06:18 pm 1681

काठमाडौँ २२ चैत / गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भने कोरियोग्राफी राजिव समरको रहेको छ ।

गितलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरु पनि पाउन सफल भएकी छिन्

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.