गाेरूजुधामा रहेको रेसुङ्गा पार्क संचालन हुने

| 2023 Dec 07 | 09:22 am 1537

गुल्मी, मंसिर २१ / निर्माण सम्पन्न भएर पनि निर्माण कम्पनीलाई भुक्तानी दिन नसकेको रेसुङ्गा पार्क अब छिट्टै संचालन हुने भएको छ।रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीकाे अथक प्रयास पछि ३ कराेड बजेट निकासी भएपछि पार्क संचालनमा आउन लागेको हाे।

तत्कालीन नगरप्रमुख डिल्लीराज भुसालको समयमा टेण्डर आह्वान गरिए पनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण पार्क संचालनमा आउन सकेको थिएन।वर्तमान नगरप्रमुख पन्थीले बजेट निकासीका लागि गरेको पटकपटकको अथक प्रयासले अब भने सार्थकता पाउने भएको छ।रिपोर्ट नेपाल सँगकाे संक्षिप्त कुराकानीमा प्रमुख पन्थीले निर्माण कम्पनीलाई छिट्टै भुक्तानी दिएर पार्क संचालन गरिने बताए ।ऐतिहासिक धार्मिक तथा पर्यटकीय केन्द्र रेसुङ्गा पर्वतको काखमा रहेकाे गाेरूजुधामा निर्मित पार्क खुलेसँगै जाँउ हिड रेसुङ्गा अभियानले थप सार्थकता पाउने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.