गोरखा, असाेज ४: शनिबार गाेरखा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहान ६ बजे १९ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको अन्य विवरण भने आइसकेको छैन । आज गएको भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।