गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत (भिडियोसहित)

| 2023 Oct 18 | 02:32 pm 549

काठमाडौँ, कार्तिक १ । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘ दशैं आयो तिहारै आयो ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार रमेश दहालका शब्द ,राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ।

दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन्। भिडियोको छायाङ्कन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल राईले गरेका हुन ।

भिडियोमा दिक्पाल कार्की,जुना कार्की लगायत अन्य यस गीत सँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ।

गायिका पाण्डे भन्छिन दशैँ-तिहारको शुभकामना सहित यो दशैँ-तिहार गीत केवल गायिका पाण्डे भन्छिन

दशैँ-तिहारको शुभकामना सहित यो दशैँ-तिहार गीत केवल स्रोताहरुलाई समर्पण गर्दैछौ । जीवनमा म आफै पनि पहिलो पटक स्क्रिनमा देखिएकी छु । मेरो रहर सम्झेर मलाई हौसला दिनुहोला साथै, मैले गाएकी यस गीतमा आफ्नो मिहिनेत, समय, स्रोत र साधन समेत खर्च गर्नुभएकोमा सम्पूर्ण स्रष्टा लगायत प्राविधिक मित्रहरु सबैलाई धन्यवाद ।

गायिकमा आफ्नो सक्रियता बढाइरहेका गायिका पाण्डेले अहिलेसम्म दुई दर्जन बढी गीतहरू रेकर्ड गराइसकेकी छिन् अन्य नयाँ गीतहरू रिलिजको क्रममा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.