गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

रिपोर्ट नेपाल | 2024 Apr 10 | 03:32 pm 877

काठमाडौँ २८ चैत /  गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

“नहसाउ शत्रु ” गीतको पुरा भिडियो हेर्न लिंक यसप्रकार छ ।

https://youtube.com/watch?v=tOZ-5bejOjE%3Fsi%3DZqCVykgFdKhmV65K

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.