गाडेको लास जवर्जस्ती खोतालेर निकाल्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 29 | 07:24 pm 4853

स्याङजा, १५ असार :  मरेपछि खल्डोमा गाडेका बालक पुन बचाउने आश्वासन दिंदै खोतालेका छन् । निमोनिया र टाइफाईडका कारण मृत्यु भएको ५ महिने बालकलाई आफन्तले खाल्डोमा गाडेपश्चात पुनस् बचाउने आश्वासन दिंदै क्रिश्चियन धर्मालम्बीहरुले खोतालेका छन् ।

हनिनास गाउँपालिका ७ चाङसिङका ५ महिने विष्णु विकको असामायीक निधन भएपछि घर परिवार र समाजले आफ्नो रितीरिवाज अनुसार खाडल खनि गाडेका थिए ।

बाबु खिमबहादुर र आमा रिता विकलाई आफूहरु विश्वासी भएको बताउँदै सोही ठाउँकी १६ बर्षिया सचिना परिवार, २४ बर्षिया कृष्णमाया थापा र ३० बर्षिया गंगा थापाले परमेश्वरसंग कुरा गरी मृत्तक बालकलाई जिउँदो बनाउने आश्वासन दिंदै लास उधिनिएको जिल्ला प्रहरीले जनाएको छ । विश्वासी बताउनेहरु क्रिश्चियन धर्मालम्बी रहेको बताइएको छ ।

‘मृतकको परिवार तथा समाजलाई नै अन्धविश्वास र दिग्भ्रमित पार्ने प्रयास गरेको र परम्परा अनुसार सदगदसमेत गरिसकेको लाशलाई केही नगर भन्दाभन्दै पनि जवर्जस्ती गाडेको लाश निकालिएको रहेछ’ जिल्ला प्रहरी प्रवत्ता प्रकाश विष्टले भने ।

शव निकाली सार्वजानिक स्थलमा त्यतिकै छाडेपछि घटना बाहिर आएको हो । मृतककी आमालगायत टोल छिमेकसंग वादविवाद गरी अशान्ति फैलाएको भन्दै मृतककी आमा रिताले किटानीसहित जिल्ला प्रहरीमा जाहेरी दिएपछि ति महिलाहरुलाई पक्राउ गरिएको छ । बच्चाको १० गते मृत्यु भएको थियो भने उनीहरुले ११ गते खाल्डोबाट उधिनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.