गुल्मी, बैशाख १ः कर्मचारी सवार गाडी दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ । बुधबार गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो ।
गाडीमा जिल्ला प्रशासन कार्यालयका तीन कर्मचारी सवार रहेका थिए । प्युठान प्रहरीका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
हाल दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार कार्य भइरहेको बताइएकाे छ ।