गाजाको तनावले अर्जेन्टिना-इजरायलको मैत्रिपुर्ण खेल रद्द

रिपोर्ट नेपाल | 2018 Jun 06 | 09:04 am 2565

जेरुसेलम : गाजामा जारी हिंसाको कारण देखाउँदै अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो ।

बीबीसीका अनुसार अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको घोषणा गरेका हुन् । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ ।

अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।

अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए । यसैगरी ७० जना बालबालिकाहरुको एक समूहले मेस्सीलाई पत्र लेखेर इजरायलसँग फुटबल नखेल्न अपिल गरेको थियो ।

अर्जेन्टिनी सञ्‍चार माध्यमहरुका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीलाई फोन गरेर खेल स्थगित गर्न भनेका थिए । पछिल्लो खबरअनुसार गाजामा इजरायली सेनाले १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.